घमाईलो

रगत जमाउने यस युगको ठण्डीमा
बिरुवा र माटोको बदलिएको सन्धिमा
आमाले तेल दलेको त्यो छोरोको ढाडमा
वन फाँडेर पहिरो ग्रसित बनेको पहाडमा
सुर्य देवताको सबैमा नजर छ
त्यसैले त शहरमा डुल्ने बाबुनानी देखि
गाउँमा खोक्दै हिँड्ने बुढ्यौली बानीसम्ममा
सुर्यको ताप अजर छ

आजको युधिष्ठिरको बोलीको नेपथ्यमा
आजको एकालव्यको एकल हिँडाईको गन्तव्यमा
आजको सागले पोषिएको हरेक नेत्रमा
प्रगती उन्मुख आजका वेदका प्रत्येक सुत्रमा
आजको कृष्णको त्यो सुरिलो बाँसुरीको धुनमा
बाबुले छोराछोरीलाई लगाएको सम्पुर्ण गुणमा
दिनहुुँ बढ्ने यो घामको तापको राप छ
त्यसैले त परमधाम नहुन्जेल आज सबैको
मुहारमा त्यस रापको रातो छाप छ

कोठाभित्र पस्ने घामका न्याना किरण
ताप्नबाट कसैलाई बन्चित हुनु छैन
बिहानै उठेर सुर्य नमस्कार नगरी
कसैलाई यहाँ नास्तिक हुनु छैन
मन शान्त पार्ने न्यानोपन न भेटिएला कि
आँगनमा आफुले रोपेका सुर्यमुखीको तिर्खा नमेटिएला कि भनी
बिहान भरी सुतेर उज्याला समय गुमाई राती कसैलाई रुनु छैन

तर सुर्यले दिने उर्जा र
हामीले सँधै गर्ने सुर्यको पुजाले गर्दा
हाम्रो जीवनमा उसको उच्च स्थान अचल छ
त्यसैले त छाँयामा परेकाको बेवास्ता गर्दै
तेज प्राप्तिकोलागी जो दौडन्छ,
आज उसैको छवि अब्बल छ

मित्रले मायाले अघि बढाएको हातमा
सुखी भनाउँदो हरेक दम्पतीबीचको साथमा
आफ्नो गाउँ-देहात बनाउने सपना बोक्ने त्यो युवामा
गुरुले चेलाका दिमागसँग खेलेको जुवामा
चेलाले गुरुप्रति देखाउने आदर सत्कारमा
आजका दिनमा प्रकाशित गीताको सारमा
त्यो घामको ज्योती हद भन्दा पार छ
त्यसैले त यो अन्धकार युगमा पथ प्रदर्शन गर्न
त्यही ज्योती सबैको आधार छ

काँच


हातबाट काँचको गिलास फुस्किन्छ
हातले यो के गलती गर्यो
कति चाँडै हत्केलामा पसिना पर्यो
चिप्लोमा के सरेन, के सर्यो

तर हात कामिरा'को पो देखिन्छ
नलगाई केहि अक्कल, न केहि बल
जस्ताको त्यस्तै झर्दै तल तल
कसलाई को असल, जब आँखै अघि हुन्छ यस्तो छल

चुमे त्यो काँच र जमिनले जब
मनले एक्कसी वर्तमानको आभास गर्यो
हातैले च्याप्प पार्दा पनि कसरी यो झर्‍यो
पैतालामा हाल कति टुक्रा गढ्यो

माया जति भर्दा पनि अट्ने भाँडो
अरनिकोको विशाल छानो बाट बालुवाको आकृति
चम्किरहने, प्रकाश पारिरहने पनि बद्लियो प्रकृति
देव दर्शन पाऔँ न पाऔँ, उराठलाग्दो अब यो धरती

सिकिस्त


दिनदिनै मनमनै बलिरहँदा
म  कस्तो खाडलमा खसेँ नि
केही छिनमै झरना बन्दा
इन्द्रेणी त म भित्रै पसे नि

निला दिनहरु मै रुम्मल्लिन्छु
छट्पटिको पसिनामै भिजिरहन्छु
शिवजीले अड्काएका सामुद्री विषझैँ
तल न माथि म उक्लनै पो सक्छु

ती हरिया लेउ, ननिस्कने लेघ्रा बने
आँखा अघिको पानीका थोपा झिल्के जेब्रा बने
यो हरियो डाँडामा उँभो लाग्दै छु कि उँधो
भनी यो झरनाको बाफमै मनमनै गमे

पर सानो द्वारले फ्यालिरहेको पहेँलो किरण
वेग बढाउँदै आफ्नो, निस्कन खोजेँ झर्दै भीषण
सुरिएर लाग्दा, थाहा पाएँ त्यो त रहेछ केवल हैजा
निथ्रुक्कै भिज्दै, झर्दै छु अझै, अन्त्य यसको हो कुन दिन

झरी छुट्न लागेका तरतरी यी राता आँखा
सुक्दैनन् यी, खाए पनि चारै छाक
त्यो रातो पानी, त्यसकै मत्त्याईमा पर्दा भर
फेरी बाह्रै मासे फल्ने त्यो उभिन सक्ने धाक    
   

हे भुपी दाइ


म जे गर्छु त्यही गर्छु भन्नेले
आफ्नो वचन भुलिगयो
दुखै दु:खले भरिएको त्यो
प्यान्डोराको बाकस पनि खुलिगयो
घुम्नै मात्र जाँदा बासै पाउने
देख्दै मात्र शीतलको आभास पाउने
दुई दिनै मात्र पाउँदा पनि पुरै संसार भ्याउने
कृष्णकै वरदान पाए मात्र अब देखिन्छ सामुन्ने
यो मनमा अब छट्पटी पनि
गहुँको रोटीझैं फुलिगयो
अनि त्यो फुलेको छट्पटी बिस्तारै समयमा
रगताम्य हुँदै पट्पटी फुटिगयो

प्रेम वाङ्मयको वरिष्ठ वक्ता
शब्दमा भार थप्ने नित्य कर्म
मनैबाट नाङ्गिएर माया छर्नेलाई
कुन संसारबाट लाज, कुन प्रकारको शर्म
मेरो जीवनको एक मात्र कोशेढुङा
यो कालो तालमुनिको चम्किलो मुगा
मेरो भेट त्यो हँसिलो मुहारसँग
यो बाँझो डाँडो बचाउने गुराँसको थुँगा
जुनको पल्लो छेउनै पुग्दापनि
विचारमा नआउने विराम
जीवनका निरस क्षणमा रस चुस्दा पनि
त्यो चंचल मनलाई नआउने आराम

आमाको आँखामा गढेको त्यो हिरा
पातलो सिसाझैं टुटिगयो
आमाको काखमा जमेको त्यो ताप
समुद्रका डाँकाझैं लुटिगयो
असिना पर्दाको घरको छानो
भाग्वद गीताकै एक पानो
कुरा पाकाको, मनचैँ सानो
बुबाको त जीउ भित्रकै प्राण त्यो
सबैको मन घुम्न आएको
थाहै नपाई उतापट्टी पो घुमिगयो
मेरो मुटुलाई अट्ने भोटो
आधा अँधुरो मात्रै बुनिगयो

अर्का


माया मेरी काली काली, यो दियोमा घ्यु सुक्दैछ
पर बस्ने नानीले कस्तो दीप बाली, मन मेरो उतै झुक्दैछ
माया मेरी सङ्लो ताल, तर दोषी हिलो बिस्तारै उनमा लुक्दैछ
ती नानीको गालामा कस्तो हो लाली, धड्कन मेरो त्यसै त्यसै रुक्दैछ
घुम्टो ओढी मुहार छोप, मायाले भन्छु छैन थर्का'को
ध्यान मेरो खहरे खोलो, गएर बग्यो आँगनमा अर्काको

हात मेरा खाली खाली, पित्तलले पुर्यो मेरो औँठी सुनको
लहलह फल्छ पर धानको बाली, खुले नयन यो डाहडे मुनको
आफ्नो खेत त्यसै साँची, जोत्न हिँडे पर गाउँदै खोस्ने धुन त्यो
धैर्यका साथ थापेँ जाली, नहेरी भा'छैन अर्को पट्टी के छ जुनको
यही माटो मेरो त्यही पाठो मेरो, बुझ्दिन अर्थ सिधा धर्काको
गढ्छन् यी तीनै नेत्र मेरा, देख्दा त्यो सुनौलो हाँसो अर्काको

कछुवाको चाल चाली चाली, खरायो बन्ने सबैको धोको
छिमेकको चामलले पेट पाली, बन्दै जाँदैछौँ अष्टमीको बोको
सत्य जान्दा जान्दै गर्छौँ गाली, अनि राती चैँ किन यो मन रो'को?
जुठै खाना आफ्नो थालमा हाली, किन बन्न खोजेका हौँ हामी चोखो
आफू बिर्सी सुम्पे अर्कालाई, पुर्याउनै पर्यो आँत आफ्नो मर्काको
अर्काको धोती अर्काको टोपी लगाउँदा, आफै बनिसकेछु अर्काको

रिसाहा


आउँछन् वाणी सुर्यको ताप बोकेर
आउँछन् वाणी बिजुलीको छाप बोकेर
आउँछन् हाँस्दै आफ्नो अभिशाप छोपेर
ठाउँठाउँमा ठोक्दै, ठाउँठाउँमा घोप्दै
तर मेरो मनको तालमा यी सबै
कसैले फ्यालेका पत्थर हुन्
केहि बेरकालागी लहरहरु आए पनि
सबै मेरो धैर्यतामा नतमस्तक हुन्

सयौं पटक मार खेप्दा खेप्दा
यो दिमाग बनिसकेछ अचानो
कयौं पटक अभद्र व्यवहार देख्दा देख्दा
यो लाग्दो रैछ पुरानो
मेरो मनको तालमा जमेका यी डुङ्गा
उचाले मेरा इन्द्रिय, यी लाटा बुङ्गा
उचाले आँसु नै आउने गरी मेरा जुङ्गा
जब बेला आयो खोज्न जीवनको सार
उल्टै लग्न खोजे मलाई जीवनको पार

गाउँछन् वाणी मेरा कानका जाली तोडेर
गाउँछन् वाणी मेरालागि साथमा गाली जोडेर
गाउँछन् वाणी मेरो सुखको आसन फोडेर
अस्थिरता जोड्दै, सोचाईलाई मोड्दै
भकभकी उम्लेको यो रगतै
पुग्छ यो गुन्जनलाई पुर्याउन शुन्य
हाँस्दै गाउँदै जसरी आए पनि
हारेरै जान्छन अब, पर गएर रुन

अचानो बनेको यो दिमागले
आफ्नो धार तिखार्न सिकिसकेछ
जुनसुकै गायकको पनि अब त
मिति पनि तोकिदिसकेछ
बिर्सेर ती महान ज्ञानदीप बुद्ध
बनी बदलाको लागि यसरी लुब्ध
बिर्सेर को हो बालक, को हो बृद्ध
भइन कसैको, बने म भुस्याहा
भगवानको अन्तिम अवतार मै, आए म मान्छे रिसाहा

मेघ बेदना


आकाशको त्यो रसिलो अङ्गुरलाई हेर
देखेपछि पाउन लाग्दैन कत्ति पनि बेर
रस बिर्सी चमकमै रमाउन थाल्दा
त्यसलाई चाख्ने मौका गयो खेर

हरेक बिहान त्यो रसमय सुगन्धको स्पर्श
आँखैले मात्र रमाउँदा, के बिस्मत के हर्ष
अब कहिले हुरी चल्ला र त्यो अङ्गुर 
मेरो आँ परेको मुखमा झर्छ

किन रहर हो गर्न बादलको शयर
अनि म माथि झरी र चट्याङको लहर
तर जब देख्छु त्यस अङ्गुरलाई, बादल हट्दा
केही छिनमा फेरि ओझेल होला भन्ने डर

अङ्गुरै नाथे मेरो बारीमा नभा'को हो र ?
तर त्यही बासनामा फसिसके घनघोर
अन्तिममा जब बारीकै अङ्गुरलाई नियाल्छु
लाग्दो रैछ जीवनमा हाँसेछु थोर

यसो रसपान गरी मुख मिठ्याउन पाए
अघाएको गीत मनैदेखि गाउन पाए
त्यसलाई बादलकै भरमा छोड्ने थिइन
आफ्नो मनको बारीमा कसैगरी रोप्न पाए

जब

जब पवित्र बागमती देखिन थाल्छ कालो
फाटेको दौरामा लजाउँदै लगाउछौँ टालो
जब यो माकुरे बुद्धीले, किराको अभावमा, फेर्न थाल्छ जालो
रित्तिन थाल्यो यो विचित्र फुलहरुको डालो

जब नफस्ने सङ्कल्पले दिन्छ धोका
जब फेरी ति अन्धाहरुले पाए फसाउने मौका
जब यो भगन्ते मनलाई लगाएन कसैले रोक
अनि कुन ठुलो कुरो भो र समुद्रको ढोका?

जब आफ्नो माया र मायालुको हुँदैन भेट
जब बिर्सन्छौँ आफ्नै आमाको त्याग समेत
जब पर्वाह हुन्छ मात्रै आफ्नो क्षत-बिक्षत
अनि कहाँँ आफ्नो खेतको चामलले भर्छ त पेट?

जब आँखै अघि प्रस्ट छ जुन
जब आफ्नै मैलो टोपी बाँकी छ धुन
जब आफ्नै साहुको, आफ्नै माऊको तिर्नै छ नुन
अनि किन पो गाउँछौँ समुद्रपारिको गुण?

दङ्ग चील


तिमीमा रम्ने मेरो कत्रो मन
त्रासको घेरा भित्र पो छिर्छु झन
चीलका आँखाले डाँडा हेर्न खोज्दा
मात्र देखेँ डढेलोले ध्वस्त वन

पङ्ख फैलाई बादल चुम्दै थिएँ
खुट्टामा बाँधिएको धागोमा परें दङ्ग
यसो झड्काई त्यो फुकाउँ भन्दा
जसरी चलाए त्यसरी चल्ने म चङ्गा

मेरा चल्लालाई भोक भोकै सुताई
पानी पर्दा यसो दुई शब्द पनि नगाई
बिहानका उज्याला किरणलाई कसरी ढोगुँ ?
आफ्नै भाकामा झ्याउरे नगाई
मान्छे जस्ता अप्ठ्यारा वस्त्र लगाई
के म पत्ता नलागिएको रोग हुँ ?
चील बनेरै समुद्रमा पौडिने धोको
सफा चेहरामा यो ढाडिएको फोको
फुटाई हेरेँ आफ्नो प्रतिबिम्ब
भन्छन् दाजु यो तेरो कस्तो शोख हो
तर यही मेरो प्यास, मेरो भोक हो
ठुला दाजुको बिचार कस्तो भिन्न

पछाडी बाँधिएको धागो दृष्टिमै छ
तर अघि फर्किँदै हुन्छु सन्च
बाँधेरै खेलाई रहेछौ भने
अन्तै पो भड्किन्छ यो मन त

के माथि उड्दै पौडिन सकिन्न र ?
मेरो त तिमीमै छ सबै भर
मलाई दास नबनाऊ, आफ्नो बा देऊ
जति नजिक आउँछु, त्यति नै नजाऊ पर

रोइरहेका मेरा चल्लालाई पनि नफकाउनु ?
तिनका आँखामा भन्किएका झिँगा पनि नधपाउनु?
दिन दिनै नबढाउन यो पिर
म त्यहीँ आउन खोजेको कस्तो नबुझेका
तिमी सँगै खेल्ने मेरो रहर कस्तो नसम्झेका
ममा तिमीनै, पाऊ देखि शिर
आफ्नै आँकडामा तिम्रै चित्र त कोर्दैछु
पर फर्किएको मुन्टो तिमी तिरै मोड्दैछु
तर गाह्रो छ काम, साह्रै गाह्रो
मीतले पनि यहि समयमा छोडेर जानू
यो गीत गाउँ भन्दा दाजुको कुरा नमान्नु
धागोले त कता हो कता लतार्यो

अन्योलको यो उडाईले देखाउँछ निकै दुःख
खोज्नै हिँडिसके पछि किन छानौँ यसमै सुख
अब यो स्वनिर्मित पथमा पन्ख फैलाउँदा
म के भिक्षु, अन्जान कि मुर्ख ?

खर्च तिमीमै,तिमीलाई नै खर्छ हरदम
समय मेरो कति हो बाँकी, कति भो कम
चलाइए पनि उडिरकै छु म
तिमी मै रम्ने मेरो यो मन

हाम्री दिदी भोलिबा

गाग्रो भरी पानी त ल्याउँछिन्
आज पनि सबेरै सुरु भो दिन
नित्य कर्म गर्न पुगे पछि
दिनभरका कसरतहरुलाई नियाल्छिन्

धुने लुगाको थुप्रो छुट्याएँ
बाबू नानीलाई स्कुल नी पुर्याएँ
लुगाको थुप्रो एकपटक फेरि हेरी
दुई गाग्रो अझै भरी ल्याएँ
आज शुक्रबार, शनिबारका लागि यी काम के साँचु
बरु मुनि बारी गई फर्सीका मुन्टा चैँ भाँचु
आज चौबीस घण्टामा चौबीसै काम मेरा
बरु दुई छिन आरामको स्वास लिई बाँचु

भरिया दाइको नयाँ घडीमा बजिसकेछ दस
कामको वेग त बढ्नै पर्‍यो, समयको दबाब वश
समयनै हो जीवन, तर जीवनमै समय नहुँदा
यो गरौं कि त्योमा पर्यो उनलाई खस खस

आकाश गर्जी पानी पर्‍यो घनघोर
केही छिन अझै रहने भए ती लुगा फोहोर
पानीबाट चुटिँदै के लुगा धुनु भनी
भईन आफ्नो समयको आफैं चोर

भकारीको चामल घुनले खाएर सिद्धिएछ
पानी पर्न रोक्किएर धुने इच्छा ब्युँतिएछ
तल नाली तिर लुगा लिएर झर्दा
त्यो दृश्यले तिनको तेस्रो नेत्र खुलिएछ

आजकै जत्तिको पाँच थुप्रोको रैछ त्यहाँ सभा
यसो हिजो अस्तिका दिनहरू पनि सम्झँदा
थाप्लो पिट्दै भईन थक्क थक्क
यस्ती थिइन हाम्री दिदी भोलिबा

The Day We Left


None were any difference
None jumbled in ignorance
Revering the bright side
Shunning the dark
Wasn't even in existence

The peace that the soul brought
That path in all the thoughts
Inner burning fire with
The power to descend deep
Enough to survive for the lot

Blurred is the path vision
So I went far and wide
Gathering evidence, enough reason
Into the random, I take my stride
And I spoke what my mind told
It wanted to know why rivers flew down
The mark on the page, a small fold
Still a way out of this crowded town

These friends were the closest
Before one's mind started to mould it
The penance to that void
Digging up the self
When he thought wandering out was best

Roads start to drift apart
The realisation came by somewhat
Burning and looting
Booting and re-routing
None actually returned to the start

Eyes worship the sun
When it does nothing but burn
Wisdom turns lean
Black and mean
Tell me, how could he learn?

Now it's time to rise high
A step at a time to that cave
Where I think hungry lions pass by
But there lies the union I crave
I may remember him in peace
In war I may shout
After the day, when we had left them
It was the day when we were left out.

After You


I wish I could just see
What you would do after me
Add a brick to my home
But it wasn't meant to be

Just the way you'd move on
Just the way you'd sing my song
And as you live your life
Let go all those times I was wrong

Popping my bubbles of memory
I break down remembering the faces
But it would be no fun either
To actually exchange places

And I can still do things
But no, I sit here like a fool
Dried behind those fervent eyes
Unable to figure out what to do

Because you were my light
Following you felt quite right
So, I wish I could just feel
That sunken smile with my sight

Stains


I don't have time
No words left to rhyme
I don't have the vine
To swing myself back in time
When I was fearless

I don't have you
To push me up, to pull me through
I don't have hot feet
To make me run and meet you
When I was tearless

And I don't have you
Who made me see the bird on my tree
I don't have the heat
To raise myself from this seat and catch you
When I was flameless

And I don't have you
Who tricked me, took my place
Who made me cry
And run around in shame, to find you
When you were painless.

Blue Reminders

Wandered (off) from my home one day
Singing this lonely song
Walked for three months, but still
Found none who would sing along
And I say that sun, it reminds me of my home
Of the place where I played, and where it brightly shone.

Reached a town a bit far away
Played my song there as well
A pretty girl cheering (for me) in the front row
How could I possibly fail?
And I say that girl, she reminds me of my babe
The things I tried to give, she wouldn't just take

Crossed the infamous Jabbersville on my way
Wailed out of my entire chest
A sigh here, a sigh there
All those cold mouths given no rest
And I say those sighs, they remind of the day
When I left my babe, to sharpen and spread my play

Met a blonde, her face bright as day
Her smile dripping honey
As I plucked a string and closed my eyes
She ran away with all of my money
And I say that smile, it reminds me of that feel
Embarrassment in public, back in Jabbersville

I worked on my words, I had my say
Sore throat didn't hurt with my guitar in my hand
Now I wish someone would just
Return me to my homeland
And I say this song, it reminds me of my friend
Of that stern joke that didn't properly end.

परदेशी नानी


तारमा कति शब्द अट्छन, जति आँखले भन्छन
तारा त आकशमा असंख्य, त्यै पनि मानिस गन्छन
त्यसैले आज म भन्छु
पुग्यो तिम्रो हावाको रिस, अब त्यसलाई छिट्टै सेलाऊ
मन हो यो मेरो, यसलाई गुच्चा जसरी नखेलाऊ
पुग्यो मलाई यो दुखाई, अब यो घाऊ नकोट्याऊ
ए परदेशी नानी अब घर आऊ.

सुने मैले तिम्रो कुरो, अब लगाउ ठाडो कान
बाँच्दिन म फेरि धेरै, ए कान्छी बात मान
पानी नपाको फुल भो मेरो जीऊ
हिमालका फेदमा गुराँस छैनन् , सुनसान सबै खर्क
आएको छ कालो हुरी सबैको प्रीति हर्न
लुकेरै बसेको छु म, मेरो यति मात्र हो सर्त
ए परदेशी नानी, अब घर फर्क

चित्त दुखाँए मैले, कुरो मैले बुझें, तर यो दण्ड ठुलो भो
तिमीले नि बिर्स्यौ अब, अनि जहाज चढ्न के मा ढिलो हो
तिमीलाई त दिइसके यो मुटु
मनमा त धरहरा उभिएकै छ, अब त्यसलाई नभत्काउ
हात जोडी माफी मागे, चुमीसके तिम्रो पाऊ
रिसले नभए के? म सँग किन पो लजाउनु
ए परदेशी नानी, चाँडै घर आउनु

बधाई

थिचिएका थिए ती, तातो छ हावा
छरिएका नुनका दाना जस्तै साना
मिश्री दिनुहुन्थ्यो जिजुमुवा, म साना छँदा
साइकल पनि भकुण्डो पनि चाहिन्थ्यो त्यस ताका
ठुलै थियो घण्टी, कोठा पनि ठूलो म हुँदा
लेकबाट फायरिङ गर्ने के थिए नि ती डाँका
भुलिसके मैले ती दिन, भुलिसके सब
भेट हुन्छ, खुसी हुन्छ, चङ्गा उड्छ अब

दशैँमा टीका भन्दा जमरा मजाको
विरहका वर्षहरु विरक्त सजाहको
तर आए म आज यारको द्वारमा
दिमागमा भिँडको रोकथामको काममा
यात्रा त कठिन हैन, खुवाईमा कठिनाई
कतै आलु र कोसा, कतै सुख्खा मिठाई
तर जान्न म सबैलाई खल्लो बनाई
आउँदो नया वर्षको हार्दिक बधाई

पासो


ए केटी मलाई, भन मन पराउँछौ कि पराउँदिनौ?
किनभने बोलौँदा नि हाँस्दिनौ
तिमीलाई देखिनै पो पर्यो धौधौ.

हो माया, तिम्लाई गरेको नि मैले सधैँ
मेरालागि छैन तिम्रो फुर्सदै
कता हिँड्न लागेकी मलाई भुल्दै

इरादा भए तागत छैन
फेरि अरु कसैलाई यो आँखा देख्दैन
तिम्रै पासोमा म झुन्डिए त
सुन दिने ठाउँमा आफ्नो मुन दिए त
थोत्रो भो जीउ खोक्रो यो प्राण
अब तिम्लाई अरु के देखाउँ प्रमाण
लगेको त्यो मनलाई अझ नच्यात न
मलाई बरु सत्य साँचो मात्र भन

ए कान्छी तिमी, कति चैँ नाटक गर्न सक्छौ
ती खाते माँग्ने सँग खुब मस्किन्छौ
अनि म देख्दै बाङ्गिन्छन तिम्रा आँखी भौं

मन त आजकै मितिमा तिम्लाई डोली चढाउँ
तर के गरि कुरो अघि बढाउँ
दिन प्रति दिन तिम्रो वृद्धि हुने भाउ

मेरो प्यारो श्रीयान्से


अब तलाई देख्नु नै भगवान भेट्नु
म हिड्दा हिड्दै लड्दा तँ कहिले आएको थिनस?
तर म नआएकोमा नरिसा है
नत्र म यो कुनिर्णय को दोष कसरी मेट्नु?

सफा तेरो निधारमा के यस्तो चोट हो
बेला नकुबेला हाम्रो सम्बन्धमा के यस्तो खोट भो
तँ  घरमै आमाको काखमा सुतिरहेछस्, थाहा छ
तर मेरो यो चंचल मनलाई खोइ के भा छ
घुम्न जाऔं भन्दा मुस्ताङ् धेरै पर, त्यै नगरकोट धेर चिसो
त्यै खोलामा भित्रका रमझम जति सबै मिसियो
तैंले सिकाइस खेल्न कुद्न, कसरी गर्ने पियार
अब कम्तिमा सपानीमा त भेट्न आइज यार

याद धेरै गर्थीस मलाई, अपरम्पार माया
अब तलाई देख्न पो मुस्किल, न दाँया न बाँया
नेपाल आमाको छोरो तँ, ताराहरुलाई भनिराख्नु
दिल्ली जति भींड त नहोला, मेरालागि ठाउँ राखिरख्नु

मजै गर्थीस सधैं यहाँ, मजै गर्दै होलास
हामी नभए के भो र, भट्ट्याईरहेको बोली त सुनिराकै होलास
भेटलास नि त्यहाका प्रख्यात ब्रम्हा, बिष्णु  र भोला
अब बगाईदे त्यहा पनि आफ्नो देशप्रेमको खोला

A Mosque in Quitto

He was flying around with no clue
Of what came next, what was due
Decision to seek the heat, he's gonna rue
Can't learn from the lesson, which was new

He hovers around in excitement
Speaking in their ears of his arrival
Slipped off the edge, he can't repent
For they become ready for his removal

Slam! Bam! They clap their palms
There is no escape from this, no chance
Though he's not guilty, that's his dance
But alas, they don't feel the same romance

Oh! Look, I see him flying again
He managed to run away from the pain
So why is he darting towards them, is he insane?
This ass won't stop until he's slain 

Why won't he keep distance, is he that blunt?
It's because he can't, that's why he won't
And now they look too annoyed at this runt
See him fly there, oh please stop, don't!

Slam! Bam! They slap their hands
He won't retreat, no one to command
Squeezed and bleeding, he can't stand
Down falls the puny body, mixed to the sand

बाँझो खेत


पानीमै पानीमै, मेरो मनको कहानीमै
पानीमै पानीमै मेरो मनको कहानी
जानिन जानिन, मैले कस्तो जानिन
तिमिलाई अटाउन आखाको नानीमा
भुल गरे थाहा पाउथे, भुल गर्न आटिन
खुलै थियो तिम्रो अगालो, तर भेटिन

मैले तिमिलाई चाहेको पहिलो भेटमा
मनलाई कति शान्ति पुग्यो, पानी बाँझो खेतमा
चिप्ला मेरा हातले कसरी तिमीलाई समाउँ
ढिला माथी ढिला गरि कसरी तिमीलाई गुमाउँ

आँखाले मुटुले रोज्यो, मात्र तिमीलाई
अँध्यारो छ मेरो दृष्टि नदेख्दा तिमीलाई
तिमी पीपलमा गुँड बनाउने मेरो धोकोलाई
जलाउँछ तिम्रो मेरो बारे अबोधको यो पोलाई

बानी मै बानीमै अल्झेँ तिम्रो बानीमै
नमेटिने गरि टाँसियौ मेरी मनकी रानी, मेरो जिन्दगानी

लाकुरी


मौरी लाई नजिक आउ भन्छ माकुरी
अघि बढ्यो बिना साथमा खुकुरी
साझ पख के भनभनी उड्छौ, जाउ चाकातिर
भनी चिच्याउदै पनि थियो लाकुरी

डाडाको टुप्पोको सर्कोले पारिराथ्यो झर्को
दुई पाइला न टेक्दै एउटा को खुट्टा मर्क्यो
छाडिदिए ढल्ने, ताने मात्र त्यो सर्थ्यो
भुतकालको अलकापुरी दृश्य ले तान्यो लाकुरी
कठ्याङ्गृएका मुठ्ठी खोल्न सकिएन जसो गरि

बाटो सकिदै किन जीवन सिद्धीयो लाकुरी
यस्तो सुरिलो गीतको बीच मा भाचियो बासुरी
अध्यारोमा केही गरिएन, आँखा आसुले भरी
बाटो बिराएर हाम्लाई कता पुर्यायौ ए लाकुरी

म खोलाको छेउमा थाकेर निदाए
एकातिर लाकुरी, म एता थुर्थुरी
जुरुक्क उठेर भने पनि हुन्थ्यो नि
अलि ढिला भयो है फर्किन, लाकुरी

पालै न आउनेगरी धोका दियो लाकुरी
दियो भिजेपछी बल्छ पो कसो गरि
म चाहिँ यहाँ कारण खोज्दै बाच्छु मरी मरी
साथ छुट्यो पुर्णिमा को रात, गाउदै गयो लाकुरी

ओझेल


तास जसरी नबाँड मेरो भुमिलाई यसरी
तिमी हामी सबैले जानेका छौँ हामी एक भयौं कसरी
मेचीदेखि महाकालीका हौं हामी, बीचमा नतेर्स्याउ न कर्णाली
हिँड्ने फेरि कसरी नि आफ्नै घुँडामा बन्चरो फाली
भका छौँ अहिले जत्रा टालो टाली टाली
खेलमा साथीले एसो गिज्याउँदा गरीहाल्छौ त गाली?

गलती त सबैले गरे, यो छुट्याउने यहाँ को छ र शुद्ध
मातृभूमि त उनकै, यो अवस्था देखेर कति रोलान हाम्रा बुद्ध
साथमा काम गर्ने बेला, जातलाई किन अँगाल्छौ?
यस्तो दृढ संकल्पमा उभिएका छौँ, आफ्नै मेच किन पगाल्छौ?
माया हामी सबैलाई भए, यो केको तँ तँ र म म
दशैँको मुखमा आएर किन रोक्छौ यहाँको रमझम

ढाका टोपी शिरमै छ सबको, के भयो र अबेला
आफू आफूमै हेला भए, बन्छ फेरि यो छिमेकको मेला
रावणले जिद्दी गर्दा लंकाको के भा'थ्यो हालत
दिन प्रति दिन घाउ-खटिराले सतायो, ऐना एसो हेरिहाल त
यो तिम्रो लागि खेल होला, तर दर्शकको कुरा त सुन
मात्र अँजुली भरीको माफी माग, लगाउ सबै बैगुनी लाई गुण

जब यो कालो बादल पन्छाई उड्छौं, यो जगतले भन्नेछ
नेपाल सँधै नेपालीको थियो र नेपालीकै रहनेछ।

Things I want to say

Let's say once you caught my eye
That day stays with me till I die
Like an angel, you were glowing among the books
Wanted to know you more, didn't have what it took
To even talk with you, separate false from true
Of the rumours I heard, that I didn't want to hear
I knew nothing was clear until you were near
To me, my eyes, my days mixed with your's
And we would dance all over the floor
Come along, keep the world at bay
My time is yours, just don't delay
Have loved you, will love love you all the way
Just some things I wanted to say

अवस्थाको व्यवस्था


एता उता भौँतारिदै मुल बाटो प्रति
कतै सती, त कतै इन्द्र जात्रा
भरिएको छ मगज के कति
कोशी भन्दा छ प्रचण्ड मात्रा
भो मैले जाने यी झीना जति
खेतको आली मेरो मतलबको मात्रा

पछारिएको मितिमा लतारिएको स्थिति
दाहिने देब्रे पत्तो नपाउँदा, के हो गति?
तल कुकुर हड्डी खोज्छ, म उहीँ हिसाबको
बास त अर्कोलाई नि चाहिएको छ, तर किताबको
लतार्न मुस्किल छैन, मुनि कुकुर नाक जोत्दै हिँड्छ
ठाउँ पाएपछि शृङ्गार्छ र काम सुरु गर्छ
घोचे काँडा र सिस्नुले मेरा पैताला जब
बेजोडा जुत्ता मात्र छन्  म सँग अब
बेजोडा नै जाती त कहाँ हुन्छन् र सब
तर भयो के गजब, मोजा धुने चाप टर्छ

दु:ख डाँडा पारी, सुखै छ अर्काको सारी
भोकाएको तिर्खाएको दिनमा कुन गुणनको महामारी
भरिएको छ मगज के कति
कहिले स्वार्थ प्रति, कहिले यथार्थ प्रति

घाम लाग्ला

असंख्य ऋणको तालमा म
मेरो गाउँलाई छोएन त्यो घाम
जति जीउँदा त्यति मुर्दाको लाम
फाटेकै ओठले बढी बोलाउँछ राम
मनमा आज पनि छैन लाज
जग्गा जोड्नु भन्दा ठूलो के काज
घर सुनले भरी बिर्से उताको खडेरी
हात नभिजाई मुख धुने हो कसरी

फुटेको थाप्लोमा खुकुरीनै रोप्पियो
दुनियाले जाने पनि आफ्नो पहिचानै छोप्पियो
डाँडाको सानो गाउँमा मेरो, स्यालको छैन कमी
रमाइम हामी सिनोको ठेगान लाग्यो भनी
खोरका भेडा बाख्रा दिनदिनै कम देख्छ किसान
पल्लो घरको अवस्था पनि रहेछ समान
छट्टु स्याललाई खेदाउँछन किसान भोलि
तर उता गाउँ झर्दै थिए ब्वाँसोको दुई टोली