परदेशी नानी


तारमा कति शब्द अट्छन, जति आँखले भन्छन
तारा त आकशमा असंख्य, त्यै पनि मानिस गन्छन
त्यसैले आज म भन्छु
पुग्यो तिम्रो हावाको रिस, अब त्यसलाई छिट्टै सेलाऊ
मन हो यो मेरो, यसलाई गुच्चा जसरी नखेलाऊ
पुग्यो मलाई यो दुखाई, अब यो घाऊ नकोट्याऊ
ए परदेशी नानी अब घर आऊ.

सुने मैले तिम्रो कुरो, अब लगाउ ठाडो कान
बाँच्दिन म फेरि धेरै, ए कान्छी बात मान
पानी नपाको फुल भो मेरो जीऊ
हिमालका फेदमा गुराँस छैनन् , सुनसान सबै खर्क
आएको छ कालो हुरी सबैको प्रीति हर्न
लुकेरै बसेको छु म, मेरो यति मात्र हो सर्त
ए परदेशी नानी, अब घर फर्क

चित्त दुखाँए मैले, कुरो मैले बुझें, तर यो दण्ड ठुलो भो
तिमीले नि बिर्स्यौ अब, अनि जहाज चढ्न के मा ढिलो हो
तिमीलाई त दिइसके यो मुटु
मनमा त धरहरा उभिएकै छ, अब त्यसलाई नभत्काउ
हात जोडी माफी मागे, चुमीसके तिम्रो पाऊ
रिसले नभए के? म सँग किन पो लजाउनु
ए परदेशी नानी, चाँडै घर आउनु

No comments:

Post a Comment