घाम लाग्ला

असंख्य ऋणको तालमा म
मेरो गाउँलाई छोएन त्यो घाम
जति जीउँदा त्यति मुर्दाको लाम
फाटेकै ओठले बढी बोलाउँछ राम
मनमा आज पनि छैन लाज
जग्गा जोड्नु भन्दा ठूलो के काज
घर सुनले भरी बिर्से उताको खडेरी
हात नभिजाई मुख धुने हो कसरी

फुटेको थाप्लोमा खुकुरीनै रोप्पियो
दुनियाले जाने पनि आफ्नो पहिचानै छोप्पियो
डाँडाको सानो गाउँमा मेरो, स्यालको छैन कमी
रमाइम हामी सिनोको ठेगान लाग्यो भनी
खोरका भेडा बाख्रा दिनदिनै कम देख्छ किसान
पल्लो घरको अवस्था पनि रहेछ समान
छट्टु स्याललाई खेदाउँछन किसान भोलि
तर उता गाउँ झर्दै थिए ब्वाँसोको दुई टोली

No comments:

Post a Comment