हाम्री दिदी भोलिबा

गाग्रो भरी पानी त ल्याउँछिन्
आज पनि सबेरै सुरु भो दिन
नित्य कर्म गर्न पुगे पछि
दिनभरका कसरतहरुलाई नियाल्छिन्

धुने लुगाको थुप्रो छुट्याएँ
बाबू नानीलाई स्कुल नी पुर्याएँ
लुगाको थुप्रो एकपटक फेरि हेरी
दुई गाग्रो अझै भरी ल्याएँ
आज शुक्रबार, शनिबारका लागि यी काम के साँचु
बरु मुनि बारी गई फर्सीका मुन्टा चैँ भाँचु
आज चौबीस घण्टामा चौबीसै काम मेरा
बरु दुई छिन आरामको स्वास लिई बाँचु

भरिया दाइको नयाँ घडीमा बजिसकेछ दस
कामको वेग त बढ्नै पर्‍यो, समयको दबाब वश
समयनै हो जीवन, तर जीवनमै समय नहुँदा
यो गरौं कि त्योमा पर्यो उनलाई खस खस

आकाश गर्जी पानी पर्‍यो घनघोर
केही छिन अझै रहने भए ती लुगा फोहोर
पानीबाट चुटिँदै के लुगा धुनु भनी
भईन आफ्नो समयको आफैं चोर

भकारीको चामल घुनले खाएर सिद्धिएछ
पानी पर्न रोक्किएर धुने इच्छा ब्युँतिएछ
तल नाली तिर लुगा लिएर झर्दा
त्यो दृश्यले तिनको तेस्रो नेत्र खुलिएछ

आजकै जत्तिको पाँच थुप्रोको रैछ त्यहाँ सभा
यसो हिजो अस्तिका दिनहरू पनि सम्झँदा
थाप्लो पिट्दै भईन थक्क थक्क
यस्ती थिइन हाम्री दिदी भोलिबा

No comments:

Post a Comment