हातबाट काँचको गिलास फुस्किन्छ
हातले यो के गलती गर्यो
कति चाँडै हत्केलामा पसिना पर्यो
चिप्लोमा के सरेन, के सर्यो
तर हात कामिरा'को पो देखिन्छ
नलगाई केहि अक्कल, न केहि बल
जस्ताको त्यस्तै झर्दै तल तल
कसलाई को असल, जब आँखै अघि हुन्छ यस्तो छल
चुमे त्यो काँच र जमिनले जब
मनले एक्कसी वर्तमानको आभास गर्यो
हातैले च्याप्प पार्दा पनि कसरी यो झर्यो
पैतालामा हाल कति टुक्रा गढ्यो
माया जति भर्दा पनि अट्ने भाँडो
अरनिकोको विशाल छानो बाट बालुवाको आकृति
चम्किरहने, प्रकाश पारिरहने पनि बद्लियो प्रकृति
देव दर्शन पाऔँ न पाऔँ, उराठलाग्दो अब यो धरती
No comments:
Post a Comment