प्रकाश


एक बिँगो ताछिईयो
रुख आत्तिन्छ बर
कता लागे नि दाउरेले पर
त्यस बाट त घामै पुछियो

सोचैले पो उम्केछ हाँगो
फेदमा घाउ जाति छ
गधाका पिठ्यूँ मा म जस्ताको ताँती छ
तिखारिने जोश को भान भाको

अब दाउरा कि पिरा, कोईला कि हिरा
हौसला त बलियै हो
छाया त फैलिएकै हो
अन्तजलनको जलौटो (ईन्धन), कि मास्छन अब किरा

ठोके दाउरेले कति, अचानैको पिर जति
ताच्दै ओर्दै चिल्ला बनाए
भाँच्दै ओर्दै ठिङ्ग बनाए
पुरानो जराको फलको तागत, सम्झना छ रत्ति

दिनै छ छाहारी, फुल्नै छ उमारी
फल छ, बल छ, गमें रामरी बिचारी
चराका गुँड त बल्ल देख्दै रछ बर
विकास पछि विस्तार, विस्तार पछि बिचार

बनभोजको बेला, मेचको भेला
सोख पाल्ने दाउरेको घोडा चालित ठेला
चिन्यो आसनले अवशेषलाई
परैबाट जान्यो बर मेचलाई




तृप्त


वर्षौं पछि पानी परेको छ
भिज्नुको अर्थ पनि बिर्सेको रैछु
झरीले पुरै रुझाउँदा पनि
मात्र कुत्कुत्याएजस्तो लाग्यो

सुकी सकी गाको छुइन्
झरी रुकी सकी गाको नि हैन
तिरिरिरी गर्दै कराईरहेकै छ
खुशीले यो ओठ लरबराइरहेकै छ

हिलोमा खेलौँ  कि नहरमा
निदाएर रमाउँ कि आँखा खुल्लै हर प्रहरमा
यही आभाषमा मुस्कुराउँ कि
डुबुँ मौसमको अनिस्चित खबर मा

किन यो पानी पर्ने कालो बादल ले पनि
मेरो रमझम ढाकियो सोच्दछु
पुरानो बानी परेकोले होला
यो भिजाईमा केहि घोचाई पो छ कि भनि खोज्दछु
यसरी मेरो सुकेको खाडल पुरिँदा पनि
यसमा किरा फल्ने बिचारनै रोज्दछु

यो झरीलाई थापेर थापी साध्य छैन
यो झरीलाई नापेर नापी साध्य छैन
यो झरीमा गाएर गाई साध्य छैन
म किन हिजो को खडेरी सम्झी रुन्छु
म किन भोलि आउने बाढी आउने त्रासलाई बुन्छु
म किन यो झरीलाई कुनै अम्ल वर्षा हो कि भनी आफ्ना आँखा थुन्छु

यस झरी ले तर सबै लेऊ पखाल्नेछ
मेरा खेतका सारा झारहरू उखाल्नेछ
असिमित सन्तुष्टिको समुद्रमा धकाल्नेछ
मलाई

Hollow


Did I kiss her this morning to wake her up
Did I kiss her again just for some luck
Did I hold her hands and say hey baby
Without you, what useful I can be
Silly me
I have done none, that’s for sure
Even her heart aghast at this love so pure
But its weighing me down, I can’t endure
And still I wait for her knock at my door, silly me.

The love that could show light to the blind
The love that could corrupt any mind, any kind
The love that could grow gold on sand
The love like a made pre-turn poker hand
The love that could spark, if our eyes had met
The love that anyhow I got to get

Did I sing to her today and made her cry
Did I then pull her close, and kiss all her tears dry
Did I tell her that she clears all the cobwebs in me
And no one fits on the place she has in me
Bumble bee
Among the wind blows a voice so mean
Pushes down the tower of hope I grow within
It stands against the flow though, it’s not so weak
Only plunges me towards the only thing I seek, my bumble bee.

बाँदर


जसरी त्यही पानी देख्छु म फोहोर
र त्यसैले बनाउछौ तिमी आफूलाई टिलिक्क
जसरी त्यही प्राणी देख्छु म चोर
भनेँ भने रिसाउँदै तर्नेछौ  पिलिक्क
अब यसैलाई भन्छौ भने जिन्दगी, तिम्रो दु:खमा म हाँस्ने
किनभने विचार भन्दा पर सत्य छ, स्वार्थमा स्वार्थ कसरी गाँस्ने ?

म जो होइन, त्यही बनाउन खोज्छु
जून भन्दा पर अर्को जून छ जस्तो लाग्छ
म जे छुइन, त्यही देख्न खोज्छु
बैगुण भन्दा अर्को गुण पनि छ जस्तो लाग्छ
म हात बढाउन खोज्छु, तर त्यसमा घात हुन्छ
म साथ दिन खोज्छु, तर त्यसमा विश्वासघात हुन्छ
व्यक्तित्वलाई सचेत रुपमा पालना गर्ने नौलो पाएँ मैले
बुद्धि पला'को आजकल त्यसैलाई भन्दा रै'छन् सबैले
हुन त जहाँ तैरिँदै छौ, त्यसबारे ज्ञान हुन हो राम्रो
र यस सागरमा नडुबी बाँच्ने काम हो हाम्रो

नामको लुगा फुकाली तिमी नाङ्गिन सक्छौ ?
कडा भए टुट्लाऊ, के बाङ्गिन सक्छौ ?
धर्तीका सन्तान तिमी, धर्तीका सिर्जक पनि हौ
संसारमा जे चल्छ त्यो दिमागमा,
र दिमागका उत्पादन त आफै समयमा अघि प्रकट हुँदा रै'छन् त लौ
यस भूगोलका क्रिया मन झोलमा,
र मनझोलका तरङ्ग यस भूगोलमा स्पष्ट देखिँदा रै'छन् त लौ
बालक ठूलो भा'को हैन, धुलो मैलो भा'को रै'छ त लौ
अझै पनि किन चैँ यसबारे चर्चा नगरेका हौँ ?

नाम बिर्स भन्दै छु, दाम त परै जाओस्
अबुझ भई अबुझलाई सलाम नगर भन्दैछु, अनुकरण त परै जाओस्
मन्दिर गई राम-श्यामलाई नगुहार भन्दैछु, भक्ति त परै जाओस्
विभाजनका सबै निशान मेट भन्दैछु, सुरक्षाको नाममा युद्ध त परै जाओस्

भ्रमज्ञान


बिर्सिने बानी बसाल
बिर्सन यो मस्तिष्कलाई मजा
हरेक रात सुत्नासाथ
बिर्स कुन जात, कुन ध्वजा

बिर्स के गर्थ्यौ, किन गर्थ्यौ
प्रस्थानमा के थियौ, त्यसरी नै बिर्स
चर्म चक्षु त खेल खेल्छन् नै
तर बिर्सी रह यी सबैबाट शीर्ष

बिर्स आफ्नो खेतमा सधैँ बर्खा लाग्ने इच्छा
बिर्स कि तिमी उल्काको सहज पिडित हुनेछौ
भूत नापीको त्रासलाई बिर्स
बिर्स कि त्यो भण्डार हुँदा हुँदै रुनेछौ

बिर्स तिम्रो खराब भाग्यबारे
नबिर्से'नि घामपानीमा रमाउन
यहाँ संरक्षणको के जरुरी छ र?
बिर्स केहि याद गर्न, गराउन

बिर्स फैसला टेढो पार्ने धर्मलाई
बिर्स धनमा धमिलो पार्ने कर्मलाई
प्रचण्ड कलीकालका उपज हो
बरु मै बिर्सिन्छु यो भुलाउने भ्रमलाई

Alone


Not when talks of evolution are going on
Not when sledges lead to those evolutions
Not when accusations are not what you imply
But being alone is elevating sometimes

Not when you have hard nails to pull out
Not when people can see the blood drip
Not when the left, pinned nails are rusting your brain
But being alone is pleasant sometimes

Not when you have more than enough
Not when you don't have any
Not when you can't even read your lines
But being alone is satisfying sometimes

But if you have a good plan
And even if the goodness couldn't fulfill people
Being alone is not a choice
Because the seclusion decays the plan, ruins your voice
So not when your voice should echo in time
But being alone is enlightening sometimes

When I Let Her Go


When I let her go
I didn't really know
How much I would miss her
Slowly as she became out of sight
I also slowly forgot
Why I had to dismiss her

I guess she grew faster than me
Became old and faded fast
Her heavy eyes, fulfilled, may be with tears
But she would say me nothing
Wouldn't show me her face
Giving me the eye-aches, sharp and severe

The dust in front of my eyes
Contaminates them, red and sore
Still invisible to my range
She still had her face
Turned back and away
Even the fire in my eyes didn't change

I begged her to face me
Face my love, my determination
For once I think she began to turn
I saw her face, oh holy grace
I couldn't recognize her
My burning eyes could never learn

Today when I was with my friends
I saw her again
Happy to see me the way I was
But now I know
Why I couldn't identify her that day
I wasn't who I was.

The hills of sand

The hills of sand
Quick to stand, quicker to fall
And the phone begs you to receive the call
Your body aches, mind endlessly calculates
The sums of sorrow, the differences from past
What things have tumbled down, what have last
But like the shadows casted due to atom bombs
Some things you can't take off, son
So till there is light in the sky
And the sand hills are still high
You don't need to frown, no need to lie
Because there are still a few
Who are needed to brought back to life
Still a few to be shown what's there out of strife
And when you see them coming along
Hope for a good thing
And move on.


The pain is old, the pain has grown
The string that slipped from my hand
The balloon that had flown
When the opportunity passes without giving a chance
When you couldn't even take a glance
The fruits from your tree looted
Then the tree is itself uprooted
For the trespasser, you don't need to run
No need to pinch the brain, no waiting for your turn
Because you know the tiny seconds multiply into years
So will your anger, so will your fears
Why fool around when you have the whole orchard to take care
As I look above, I see the balloon watching me
Telling me about what's there left to meet
And even when you've rubbed your eyes red
For hundreds of seconds
And if you still feel awakened
The hope has worked for you son
So, well done.

उठ उठ मेरा भाई


उठ उठ मेरा भाई
जाग जाग मेरा भाई
अढेस लाएर उङ्न छोड
यथार्थ बनाउ सपनाहरुलाई

घाम झुल्किँदै चम्क तिमी
ढोका खुलै छन, अघि लम्क तिमी
बिर्सि आफ्ना दुःख, लुकाई आफ्ना चोट
सम्भावनाका कथा लेख्दै गमक्क गम्क तिमी

गलती नै होस बरु, तर त्यो देख्ने गर
मिहिनेतले ईर्ष्यालाई छेक्ने गर
यो माटोको खुइलेको शान चम्काउन
इतिहासका पानाले मात्र आँखा सेक्ने गर

जातभेदको बगैँचामा नडुल
बरु एक एक गर्दै नियाल सबै फुल
आँखै अघि बगानै उजाडिँदा पनि
पानी हाल्न किन गर्छौ भुल

त्यसैले उठ उठ मेरा भाई
जाग जाग मेरा भाई
जुटेर डटेर अघि बढ्ने बेला भो
झिस्मिसे लोभ होइन, फराकिलो बनाउ आफ्नो सोचलाई

घमाईलो

रगत जमाउने यस युगको ठण्डीमा
बिरुवा र माटोको बदलिएको सन्धिमा
आमाले तेल दलेको त्यो छोरोको ढाडमा
वन फाँडेर पहिरो ग्रसित बनेको पहाडमा
सुर्य देवताको सबैमा नजर छ
त्यसैले त शहरमा डुल्ने बाबुनानी देखि
गाउँमा खोक्दै हिँड्ने बुढ्यौली बानीसम्ममा
सुर्यको ताप अजर छ

आजको युधिष्ठिरको बोलीको नेपथ्यमा
आजको एकालव्यको एकल हिँडाईको गन्तव्यमा
आजको सागले पोषिएको हरेक नेत्रमा
प्रगती उन्मुख आजका वेदका प्रत्येक सुत्रमा
आजको कृष्णको त्यो सुरिलो बाँसुरीको धुनमा
बाबुले छोराछोरीलाई लगाएको सम्पुर्ण गुणमा
दिनहुुँ बढ्ने यो घामको तापको राप छ
त्यसैले त परमधाम नहुन्जेल आज सबैको
मुहारमा त्यस रापको रातो छाप छ

कोठाभित्र पस्ने घामका न्याना किरण
ताप्नबाट कसैलाई बन्चित हुनु छैन
बिहानै उठेर सुर्य नमस्कार नगरी
कसैलाई यहाँ नास्तिक हुनु छैन
मन शान्त पार्ने न्यानोपन न भेटिएला कि
आँगनमा आफुले रोपेका सुर्यमुखीको तिर्खा नमेटिएला कि भनी
बिहान भरी सुतेर उज्याला समय गुमाई राती कसैलाई रुनु छैन

तर सुर्यले दिने उर्जा र
हामीले सँधै गर्ने सुर्यको पुजाले गर्दा
हाम्रो जीवनमा उसको उच्च स्थान अचल छ
त्यसैले त छाँयामा परेकाको बेवास्ता गर्दै
तेज प्राप्तिकोलागी जो दौडन्छ,
आज उसैको छवि अब्बल छ

मित्रले मायाले अघि बढाएको हातमा
सुखी भनाउँदो हरेक दम्पतीबीचको साथमा
आफ्नो गाउँ-देहात बनाउने सपना बोक्ने त्यो युवामा
गुरुले चेलाका दिमागसँग खेलेको जुवामा
चेलाले गुरुप्रति देखाउने आदर सत्कारमा
आजका दिनमा प्रकाशित गीताको सारमा
त्यो घामको ज्योती हद भन्दा पार छ
त्यसैले त यो अन्धकार युगमा पथ प्रदर्शन गर्न
त्यही ज्योती सबैको आधार छ