काँच


हातबाट काँचको गिलास फुस्किन्छ
हातले यो के गलती गर्यो
कति चाँडै हत्केलामा पसिना पर्यो
चिप्लोमा के सरेन, के सर्यो

तर हात कामिरा'को पो देखिन्छ
नलगाई केहि अक्कल, न केहि बल
जस्ताको त्यस्तै झर्दै तल तल
कसलाई को असल, जब आँखै अघि हुन्छ यस्तो छल

चुमे त्यो काँच र जमिनले जब
मनले एक्कसी वर्तमानको आभास गर्यो
हातैले च्याप्प पार्दा पनि कसरी यो झर्‍यो
पैतालामा हाल कति टुक्रा गढ्यो

माया जति भर्दा पनि अट्ने भाँडो
अरनिकोको विशाल छानो बाट बालुवाको आकृति
चम्किरहने, प्रकाश पारिरहने पनि बद्लियो प्रकृति
देव दर्शन पाऔँ न पाऔँ, उराठलाग्दो अब यो धरती

सिकिस्त


दिनदिनै मनमनै बलिरहँदा
म  कस्तो खाडलमा खसेँ नि
केही छिनमै झरना बन्दा
इन्द्रेणी त म भित्रै पसे नि

निला दिनहरु मै रुम्मल्लिन्छु
छट्पटिको पसिनामै भिजिरहन्छु
शिवजीले अड्काएका सामुद्री विषझैँ
तल न माथि म उक्लनै पो सक्छु

ती हरिया लेउ, ननिस्कने लेघ्रा बने
आँखा अघिको पानीका थोपा झिल्के जेब्रा बने
यो हरियो डाँडामा उँभो लाग्दै छु कि उँधो
भनी यो झरनाको बाफमै मनमनै गमे

पर सानो द्वारले फ्यालिरहेको पहेँलो किरण
वेग बढाउँदै आफ्नो, निस्कन खोजेँ झर्दै भीषण
सुरिएर लाग्दा, थाहा पाएँ त्यो त रहेछ केवल हैजा
निथ्रुक्कै भिज्दै, झर्दै छु अझै, अन्त्य यसको हो कुन दिन

झरी छुट्न लागेका तरतरी यी राता आँखा
सुक्दैनन् यी, खाए पनि चारै छाक
त्यो रातो पानी, त्यसकै मत्त्याईमा पर्दा भर
फेरी बाह्रै मासे फल्ने त्यो उभिन सक्ने धाक