वाशिटा


ताल तर खोल्साइड्मा छु म
४० जना पुग्छ होला यहाँ, तर आज ३ जना
बत्ति बलेर जीवन थाहा हुने
धेरै अघाडिको सोच धेरै पछि आउने
यो गर्नै खोजेर गर्न सकिने
सरिरिक प्रयास कि मानसिक प्रयास ठुलो हुने?

भुकाहा र बसाहा, खेत र नाला
कैले ताल को किनार भने कैले खोला
घाम ढिलो उदाउँछन् यहाँ, चाडै हुन्छन् आकाश काला
गुडेँ मा लामो यात्रामा, भिँडाई आफ्नो भाडालाई झोला

चार पाङ्ग्रे त्रासबाट बच्न, चले म गाउँको चाल
भुकाहाले लामो समय सम्म पछ्याउँदा बनायो बेहाल
जंगलका ति पत्थरी पथ, छिचोल्दै आए सोच्दै आयो कि क्या हो काल ?
दु:खमा एक्लो हुँदा उठ्दा रैछन् पुराना यादका छाल

भित्रि रास्ता जति अनौठा, त्यति नै उजाड
ठण्डीको याममा राता रुखका भैसकेछ पत्झड
सल्लाको रुख ले स्कुले जीवन याद गराउँछ
घुडाको घोटाईले न्यानो कम्बलको याद गराउँछ

स्वाँक्क र सुक्क गर्दै अघि बढ्दैछु म
मोटो लुगामा पसिना पर्दा झन् चिसो, तर फुकाल्न सकिन
वाशिटा खोला किनारमा बितेका चार दिनको पत्तो पाईन मैले सत्ते
भन्छन् घर फर्की, धेरै भयो अब, किन गर्छस् अपहत्ते ?

उकालीमा ढिलाई, ओरालीमा स्वात्तै झराई
चर्च्  र चिहानका बिचमा, चल्नु पर्छ नडराई
भुकाहाहरु पछी छोड्दैनन, कराई वा नकाराई
धर्तिमाता र सुर्यदेवले रक्षा गरेकै छन्, हिँड्दैछु लक्षबाट नहराई

अनुभव बढ्दै जादा बुझिँदै छ, के कम के बेसी
केहि दिनका लागि बिर्से मैले को साका को गाबी
पिर पर्दा, गाह्रो हुँदा, नकारात्मकताले गर्छ हाबी
आफ्नो गन्तब्यबारे बुझिसकेपछि, आफ्नो जीतकै हुनुपर्छ दाबि

हात, छाती र टाउको त न्यानै छन्, ठिड्याए खुट्टाका औँला मेरा
यात्रा त्यती सरल छैन, नत्र गरी आफै हेर
भन्छन् दु:खमा नआत्तिनु, तर प्रलय आइपुग्न लाग्दैन केहि बेर
तर त्यही समयमा दिमाग पुर्‍याउनु पर्छ, नफ्याली खेर

परैबाट पो मुख जोत्न आउछन्, यि भुकाहाका टोलि
आज सम्म त ठिकै छु, भोलिको हेरुम्ला भोलि
ओठ दोब्र्याउँदै शब्द लम्ब्याउने रैछ यहाँको बोलि
खण्डर जस्तो जग्गाको रक्षा गर्न पनि, यहाँ छोड्दैनन् चलाउन गोलि

बाहिर जाउँ, चार पाङ्ग्रेको त्रास्
भित्र आउँ, भुकाहाले बस्न नदिने बास्
यात्राका याद त यिनै हुन खास्
की खाट मा लडिरहनु पर्‍यो बनेर लास्

खैरेको बाजेकै जमानाको रैछ यो बाटो
बेला बेलामा आउने गर्छ रातो माटो
म गुडाउँछु अघि, हावाको काम पछी ठेल्ने
प्रकृती को काम नै त हो म सँग जोरी खेल्ने