कैदी


म किन अल्छी भा'को
याद आउँछ गल्छी गा'को
बेकामले बल्छी थाप्

मन त्यतै पल्की जान्छ

भोली उठ्दाको पनि मै हुँ भन्ने कुरो
आज निदाएपछि बुझ्नै अपुरो
केहि नगर्नु कति लागेको प्यारो
डर लागेर पर्दा खोल्दा भएछ अँध्यारो

जेल भित्र छिनछिनमा कैदी आ'का
कोठा र कोठेको उस्तै उस्तै भाका
कोठे नआउँदा फेरी कोठा खाली हुने
तिनै कोठेलाई भएपनी मैले भित्रै थुने

सुन्तला थालको थालै कुहियो
ढुसी परेर त्यही थाल मै भित्री रस चुहियो
सुन्तला फ्यालेपनी बियाँ फेरी रोप्छु
मलजल गरी घाममुनी फेरी म छोप्छु
अति भयो म अब गा'को
हेर खोला, म छैन अल्छी भा'को