पारिको अन्तर वार्ता

माफ गर है
तेरो बिरुवामा पानी हालिन
अझै पनि उस्तै लाग्छ आफुलाई
म पुगेको समय तँलाई देखाउन मनथ्यो
तर तँ नगई तेरो याद किन आउथ्यो
मान्छे म स्वार्थी, तर मेरो स्वार्थ तँ नै
के हुँदो रैछ, केहि गरी भन है
समय गाको गै, नया दिन आको आइ, त नि गाको गै
परिवर्तन भाको भै, तर तँ अझै पनि उस्तै लाग्छ आफुलाई

एक्लो बस्न नसक्ने, दुक्लो हुन नपाउने
तँ थिइस् र फरक पर्थेन
थाहा थियो समय को भर थेन, तर यस्तो पनि का सोचे र
सुख सोच्दा सुखी हुन्छ, दुख सोच्दा दुखी
बुझेँ भन्दा खै के बुझेँ, देखिन खोज्छु लुकी लुकी
मौसम फर्किन्छ, तँ फर्किन्नस
उडेर गाको बाफ, झरी बनेर किन दर्किन्नस ?
डाँडापारि पनि हुन त उस्तै पानी छ
भिज्न त खोज्दै छु, तर यस्तो पनि कहाँ सोचे र ?

समयले दिन तन्क्याउँछ, तर गुलेलीको गोलिझैँ
अड्केर बसेको छु, र बस्न पनि मनलाग्छ
जती छोपे पनि पानी न हो, मुठ्ठीमा कहाँ अड्थ्यो
यस्तरी तन्काएर छोड्दा त अघि बढ्थ्यो बढ्थ्यो, एउटा चरो कसो नमर्थ्यो
तर आफ्नो हातमा गुलेली छ कि, आफु गोली
यो बुझ्ने आजै कि, फेरी भोलि
उभिएँ अब मन खोली, तर बस्न पनि मनलाग्छ