प्रकाश


एक बिँगो ताछिईयो
रुख आत्तिन्छ बर
कता लागे नि दाउरेले पर
त्यस बाट त घामै पुछियो

सोचैले पो उम्केछ हाँगो
फेदमा घाउ जाति छ
गधाका पिठ्यूँ मा म जस्ताको ताँती छ
तिखारिने जोश को भान भाको

अब दाउरा कि पिरा, कोईला कि हिरा
हौसला त बलियै हो
छाया त फैलिएकै हो
अन्तजलनको जलौटो (ईन्धन), कि मास्छन अब किरा

ठोके दाउरेले कति, अचानैको पिर जति
ताच्दै ओर्दै चिल्ला बनाए
भाँच्दै ओर्दै ठिङ्ग बनाए
पुरानो जराको फलको तागत, सम्झना छ रत्ति

दिनै छ छाहारी, फुल्नै छ उमारी
फल छ, बल छ, गमें रामरी बिचारी
चराका गुँड त बल्ल देख्दै रछ बर
विकास पछि विस्तार, विस्तार पछि बिचार

बनभोजको बेला, मेचको भेला
सोख पाल्ने दाउरेको घोडा चालित ठेला
चिन्यो आसनले अवशेषलाई
परैबाट जान्यो बर मेचलाई




तृप्त


वर्षौं पछि पानी परेको छ
भिज्नुको अर्थ पनि बिर्सेको रैछु
झरीले पुरै रुझाउँदा पनि
मात्र कुत्कुत्याएजस्तो लाग्यो

सुकी सकी गाको छुइन्
झरी रुकी सकी गाको नि हैन
तिरिरिरी गर्दै कराईरहेकै छ
खुशीले यो ओठ लरबराइरहेकै छ

हिलोमा खेलौँ  कि नहरमा
निदाएर रमाउँ कि आँखा खुल्लै हर प्रहरमा
यही आभाषमा मुस्कुराउँ कि
डुबुँ मौसमको अनिस्चित खबर मा

किन यो पानी पर्ने कालो बादल ले पनि
मेरो रमझम ढाकियो सोच्दछु
पुरानो बानी परेकोले होला
यो भिजाईमा केहि घोचाई पो छ कि भनि खोज्दछु
यसरी मेरो सुकेको खाडल पुरिँदा पनि
यसमा किरा फल्ने बिचारनै रोज्दछु

यो झरीलाई थापेर थापी साध्य छैन
यो झरीलाई नापेर नापी साध्य छैन
यो झरीमा गाएर गाई साध्य छैन
म किन हिजो को खडेरी सम्झी रुन्छु
म किन भोलि आउने बाढी आउने त्रासलाई बुन्छु
म किन यो झरीलाई कुनै अम्ल वर्षा हो कि भनी आफ्ना आँखा थुन्छु

यस झरी ले तर सबै लेऊ पखाल्नेछ
मेरा खेतका सारा झारहरू उखाल्नेछ
असिमित सन्तुष्टिको समुद्रमा धकाल्नेछ
मलाई