उठ उठ मेरा भाई


उठ उठ मेरा भाई
जाग जाग मेरा भाई
अढेस लाएर उङ्न छोड
यथार्थ बनाउ सपनाहरुलाई

घाम झुल्किँदै चम्क तिमी
ढोका खुलै छन, अघि लम्क तिमी
बिर्सि आफ्ना दुःख, लुकाई आफ्ना चोट
सम्भावनाका कथा लेख्दै गमक्क गम्क तिमी

गलती नै होस बरु, तर त्यो देख्ने गर
मिहिनेतले ईर्ष्यालाई छेक्ने गर
यो माटोको खुइलेको शान चम्काउन
इतिहासका पानाले मात्र आँखा सेक्ने गर

जातभेदको बगैँचामा नडुल
बरु एक एक गर्दै नियाल सबै फुल
आँखै अघि बगानै उजाडिँदा पनि
पानी हाल्न किन गर्छौ भुल

त्यसैले उठ उठ मेरा भाई
जाग जाग मेरा भाई
जुटेर डटेर अघि बढ्ने बेला भो
झिस्मिसे लोभ होइन, फराकिलो बनाउ आफ्नो सोचलाई